उपेन्द्र र सिके मधेसका गद्दार रहेकाे आराेप

कुनै बेला मधेशका मसिहा बनेका उपेन्द्र यादव मधेश बिरोधि भासण दिन मख्ख भएका छ्न । तत्कालीन मधेसी जनाधिकार फोरमको नाम बाट हजारौं मधेशीहरुलाई सहिद बनाएका यादव मधेसी जनताको बलिदानले मधेशका नेता बनेका हुन तर यादव अहिले मधेश कहाँ छ मधेसी को हुन ? भन्ने प्रश्न आफै गर्दा मधेसी जनताका घर परिवारको आत्म रुने जस्तो भएको छ । नेपालगन्जमा एउटा स्थानीय तेलिभिजनमा जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतले उपेन्द्र यादवले मधेसका जनता सङ बिश्वाघात गरेको बताए ।

अहिले मधेसका जनताले आउन निर्वाचनमा यादव हैसियत जनाई दिने बताए अहिले हामीलाई मधेस जनताको लागि काम गरेको देख्दा यादवको सातो गएको र बौलाएर उनकै पार्टीका नेताहरुले ज्यान मार्ने धम्की समेत दिन शुरु गरेका छ्न । मधेसी जनता मधेश आन्दोलनको नाममा जनता ठगेको र उनको वलिदान अपहेलना गरेको बताए । मेचि देखि महाकाली सम्म तराईमधेश जनताको नाममा भोट् बटुलेका यादव र उनका मन्त्रीहरु अहिले मधेश र मधेशीको अपमान गर्दै हिडिरहेका छ्न । उनी सत्तामा हुँदा समेत मधेसका सहिदहरु सपना पूरा गर्न सकेनन्  ।

अब उनको राजनीतिक अस्तित्व मधेस बाट सकिदै छ राउत भने । अन्तिरिम संविधानका बेला मधेशमा गएर मधेसी जनलालाई आफूहरु मधेशका सपूत हौ सहयोग गर्न आग्रह गर्दै आएका यादव अहिले कम्युनिस्ट बिचार धाराको पक्षमा लागि परेको बताए  । हुन त उनि आफै एमाले हुँदै  माओवादी बनेका हुन तर मधेसमा मधेसी जनतालाई ठग्न नै मधेस केन्द्रित दल बनाएका हुन । उनी नेपालगन्ज बाट शुरु भएको आन्दोलनको फाएदा लिएर पतक – पटक मन्त्री पद खाए तर मधेस र मधेसी जनताको हित कुनै काम गरेनन मात्र जनतालाई ठगे ।

अहिले जनमत पार्टीका अध्यक्ष राउत मधेशका स्थानीय निकायमा अलग अलग स्थानमा पुगेर माटो संकलन अभियान अन्तर्गत बाके आएका छ्न । उनी बाकेका सबै स्थानीय निकायमा पुगेर जनताको घर दैलो बाट माटो संकलन गरिरहेको केन्द्रिय सदस्य मो. ईरफान शेख एसीपीन्युज जानकारी गराएका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार