खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा-२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको विकासमा हमालले थुप्रै कामहरु पनिगरे । आफुले गरेका कामको आधार र अबगर्न बाँकी रहेका कामलाई पूरा गर्न अहिले पुनःउम्मेदवार बनेको बताउने हमालसँग गरिएको संवाद :-
तपाई थुप्रै ठाउँमा पुगेर मतदातालाई भेंट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भयो ?
राम्रो प्रतिक्रिया पाएँ । मतदाताहरुले नेपाली कांग्रेसप्रति राम्रो प्रतिक्रिया दिरहनु भएको छ । आउने सरकार पनिअब नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनकै बन्ने हो । त्यसैले गठबन्धनलाई नै जिताउनु पर्छ भन्ने आम जनताको धारणा मैले बुझेको छु ।
मतदाताको सुझाव र प्रतिक्रियाले तपाईंलाई कस्तो अनुभूति भयो ?
म एकदमै उत्साहित छु । मतदाता आफैले त्यत्रो सिटमा कांग्रेस लडेको छ, देशभरी कांग्रेसको संगठन छ ।चुनावत तपाईंले जित्नुहुन्छ भनेर सुनाउने कुराले हामी नेपाली कांग्रेसका सबै उम्मेदवार उत्साहित छौं ।
के-कस्ता एजेण्डा लिएर जनतामाझ जानु भएको छ ?
हाम्रो एजेण्डा संकल्प–पत्रमार्फत् सार्वजनिक भइसकेको छ । शिक्षा, स्वास्थ्य, आम नागरिकका जीवनस्तर सुधार, विकास–निर्माण, पर्यटन, खेलकुद लगायत सबै क्षेत्रलाई समेटेर गर्ने कामबारे सम्भवहुने कुरा नै गरेका छौँ । बोलेका वाचा पूरा गर्नु पनि पर्छ ।