फुटेर रहेका कम्युनिष्ट पार्टीहरु विच एकता गराएर आफनो प्रभुत्व जमाउनमा पुन ः उत्तर छिमेकी मुलुक अहिले सक्रिय बन्दै गएको छ । उत्तर छिमेकी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जिउ जियान चाओले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एक जुट गराउन शिर्ष नेताहरु संग संवाद एवं वार्ता गर्न थालेको हो ।
नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत् जनाएको छ ।