भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमण गर्न निमन्त्रणा पठाइने

नेपाल सरकारको मन्त्रीपरिषदको बैठकबाट भारतीय सेनका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपालको भ्रमण गर्न औपचारिक रुपमा निमन्त्रणा पठाउने निर्णय गरेका छन् ।
नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिए ।
नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन चल्दै आएको छ । सोही परम्परा अनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ कात्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए ।
नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि २३ भदौसम्म पाण्डेलाई नेपाल भ्रमणमा बोलाउने प्रस्ताव परराष्ट्र मन्त्रालय मार्फत गरे पनि मिति भने स्वीकृत भइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार